INSEC Online

📅 २०८३ जेष्ठ २१

कांग्रेस र रास्वपाका कार्यकर्ताबिच झडप, चार जना घाइते

भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबिच फागुन ९ गते भएको झडपमा चार जना घाइते भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ०८२ फागुन ९ गते दुवै पार्टीका कार्यकर्ता भोट माग्दै घरदैलो अभियानमा रहेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–४ मा जम्काभेट भएपछि झडप भएको थियो ।

झडप हेर्न पुगेका सोही ठाउँका २२ वर्षीय सहनवाज अञ्सारी, १७ वर्षीय फरान अञ्सारी, १८ वर्षीय तुफेल अञ्सारी र २१ वर्षीय मोमो अञ्सारी घाइते भएका हुन । तुफेल र मोमो अञ्सारीको स्थानीय क्लिनिकमा उपचारपछि घर फर्किएका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका समर्थकहरूबिच घरदैलो अभियानमा क्रममा एक अर्कोलाई होच्याउने नाराबाजी भएपछि झडप भएको थियो ।

जयकृष्ण यादव  

भिडियो