अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का वरिष्ठ अधिकृत एवम् सूचना अधिकारी कृष्ण गौतमलगाएतको पर्यवेक्षकहरुको टोलीले दाङको निर्वाचन तयारी र सुरक्षाबारे प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठसँग छलफल गरेको छ ।
सो अवसरमा दाङमा निर्वाचन सुरक्षा, आचारसंहिताको पालनाको विषयमा प्रजिअ अर्यालले जानकारी दिनुभएको थियो । उहाँले केही छिटफुट घटना भएपनि सुरक्षा व्यवस्था गरिएको बताउनुभयो । साथै उहाँले निर्वाचन आचारसंहिता पालना सन्तोषजनक अवस्था रहेको जानकारी दिनुभयो । अहिलेसम्म लिखित उजुरी नआएको र मौखिक गुनासालाई मौखिक रुपमै समाधान गरिएको जानकारी दिनुभयो ।
दाङमा १ सय ५९ मतदान स्थल रहेको र ती मध्य १६ वोटा अतिसंवेदनशिल, १ सय ३४ संवेदनसिल र नौ ओटा साधारण अवस्थाका रहेको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रजिअ अर्याल र प्रहरी प्रमुख श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

