भरतपुर मनपा-७ त्रिचोकमा वैशाख ९ गते गोरखा घर भइ सोही स्थानमा डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले चितवन ट्राफिक प्रहरी कार्यालयका सई ५२ वर्षीय रामचन्द्र खनियालाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएको र प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले बताए ।
गोरखा घर भइ सोही स्थानमा डेरा गरी बस्ने वर्ष २८ की कल्पना श्रेष्ठको अनुहार र गोडामा एसिड लागेको ढकालले बताए । घाइते महिलाको उपचार भरतपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।