INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार

राजविराज नपा-६ की २५ वर्षीय मिन्टुदेवी मेहतरलाई छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति अनिल भनिने सुशील मेहतरलाई ०७५ वैशाख ४ गते गिरफ्तार गरेको छ ।

वैदेशिक रोजगारबाट फर्किएका आरोपितले पत्नीको चरित्रमाथि आरोप लगाएर झैझगडा गर्दै आएकोमा ०७४ चैत ३० गते राति पीडितको पेटमा छुरा प्रहार गरी गम्भिर घाइते बनाएको पीडितले बताइन् । पीडित महिलाको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

पीडितकी आमा धनुषा जिल्लाको जनकपुर उमनपा-७ की तेतरीदेवी मेहतरले जिल्ला प्रहरी कार्यालयमा वैशाख ४ गते उजुरी दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालयले गिरफ्तार आरोपितविरुद्ध वैशाख ४ गते ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको एसपी मुकेशकुमार सिंहले बताए । उनीहरूको विवाह सामाजिक परम्पराअनुसार २०६५ सालमा भएको थियो ।

अन्य

भिडियो