INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-३ का ३५ वर्षीय धर्मेन्द्र सदालाई चैत २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा चैत १० गते उजुरी दिएको थियो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले चैत १९ गते उजुरी दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा चैत १० गते स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो