१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडग नपा-३ का १८ वर्षीय मो. आलमविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा चैत ३० गते उजुरी दर्ता गरिएको छ ।
पीडितकी दिदीले खडग नपा-३ बाट पीडित बालिकालाई आरोपितले चैत २१ गते अपहरण गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कडरबोनामा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा चैत २२ गते गरिएको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।