२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-११ का २२ वर्षीय विजय श्रेष्ठ, बुटवल उमनपा-१४ का २३ वर्षीय पदम थापा र २४ वर्षीय अर्जुन क्षेत्रीलाई चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितत्रयले चैत १५ गते होटलमा लगेर बलात्कार गरेको भनी पीडित महिलाले चैत १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितत्रयलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १५ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।
त्यसैगरी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय बावुलाई आरोपितको घरैबाटै चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आमा माइत गएको समयमा चैत १४ गते राति यौन दुर्व्यवहार गरेको थाहा पाएपछि छिमेकीहरूले बालिकाको उद्धार गरी आरोपितलाई सोही समय समातेर इलाका प्रहरी कार्यालय, बुटवलमा बुझाएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १५ गते नै लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा गरिएको छ ।
त्यसैगरी तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय बाबुलाई आरोपितको डेराबाटै चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले चैत १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, बुटवलका सई बाबुराम पुरीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार चैत १५ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।