२१ वर्षीया र ४४ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत र ओमन लैजाँदै गरेको आरोपमा केआई नेपालको सहयोगमा प्रहरीले चैत ३ गते बेलहिया नाकाबाट उद्दार गरेको छ ।
आरोपितहरू रुपन्देही जिल्ला कञ्चन गाउँपालिकाका ३७ वर्षीय राजु भन्ने दिपक क्षेत्री, सैनामैना नपा-४ की ३५ वर्षीया जमुना परियार र नवलपरासी जिल्ला गैँडाकोट नपा-१२ की ३२ वर्षीया मनिषा परियार रहेको र तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।
आरोपितहरूले पीडित महिलाहरूलाई कुवेत र ओमनमा राम्रो काम लगाइदिने प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ ।
कुवेत र ओमन जान लागेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएको र बुटवलबाट दिल्ली जाने बसमा चढेका महिलाहरूसँग बस नं, लाग्ने भाडा र जाने मिति नलेखेको दिल्ली काठमाडौँ लेखेको बस टिकट मात्र फेला परेकोले बेचबिखनका लागि लैजान लागेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।