INSEC Online

📅 २०८३ जेष्ठ २१

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई जिउँदै जलाउने प्रयास

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको पीडितले आरोप लगाएका छन् ।

चैत ३ गते बिहान नौ बजे अस्पताल नजिकैको माछापुच्छ्रे चोकमा कपाल काटेर पैदलै घर जाने क्रममा आफूमाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएकोमा दौडेर भाग्न सफल भएको भन्दै अधिकृत सापकोटा तत्कालै जिल्ला प्रहरी कार्यालय चितवन पुगेका थिए ।

दुई वटा मोटरसाइकलमा आएका युवाले उक्त कार्य गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

घटनामा संलग्नहरू कोही पनि फेला नपरेको तर उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकलको अल्फावेट नखुले पनि नम्बर ८३९४ रहेको डिएसपी ढकालले बताए ।

क्यान्सर अस्पतालको पछिल्लो गतिविधि कर्मचारी बढुवा, नयाँ नियुक्ति, नयाँ उपकरण खरिदमा घोटला जस्ता विषय समेटिएको आरोप रहेको कागज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नाममा लेखिएको अवस्थामा घटनास्थलमा फेला परेको जनाइएको छ ।

अन्य

भिडियो