INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा तीन जना गिरफ्तार

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले फागुन २९ गते तीन जनालाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराले गिरफ्तार भएकाहरूको संलग्नता बारेमा अनुसन्धान भइरहेका कारण उनीहरूको विवरण खुलाउन नमिल्ने बताए ।

नगर प्रमुख चौधरीमाथि फागनु २८ गते साँझ तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले टाउकोमा खुकुरी र तिघ्रामुनी गोली प्रहार गरी घाइते बनाएका थिए ।

पीडित चौधरीको प्ररम्भिक उपचार स्थानीय घोडाघोडी अस्पतालमा गरी थप उपचारका लागि राति नै नेपालगञ्ज लगिएकोमा थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइहरेको डिएसपी बोहराले बताए ।

अन्य

भिडियो