१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा-५ मोहनपुरका ४० वर्षीय गेनाइ रामलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा फागुन २० गते दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरेको एसपी मुकेशकुमार सिंहले बताए ।
पीडित बालिकालाई आरोपितले गत मङ्सिर २२ गतेदेखि पटकपटक बलात्कार गरी गर्भवती बनाएको कुरा पीडितले फागुन २० गते बताएकाले ढिलो गरी प्रहरीमा कारबाहीका लागि उजुरी गरेको पीडित पक्षले जनायो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन २१ गते गरिएको छ ।