०६३ बैशाख १३ गते
प्रेस विज्ञप्ति
वेलवारी घटनाका दोषीहरुलाई निलम्वन गरी छानवीन प्रकृया अघि बढाइयोस
वेलवारी, मोरङ्गस्थित इलाका प्रहरी कार्यालय नजिकै आज दिउँसो शाही नेपाली सेनाका क्याप्टन प्रल्हाद तामाङ्गको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले चलाएको गोलीबाट छ जना निहत्था नागरिकको घटनास्थलमै ज्यान गएको घटनाकासम्बन्धमा निष्पक्ष छानविन गरियोस । त्यहाँस्थित संयुक्त सुरक्षा फौजको शीववीरका प्रमूखलगायत घटनामा संलग्न सुरक्षाकर्मीहरुलाई तत्काल निलम्वन गरी घटनाको यथार्थ जनसमक्ष ल्याउन छानविन आयोग गठन गरी त्यसको प्रतिवेदनअनुसार दोषीहरुमाथि कानुनी कारवाही अघि बढाउन हामी जोडदार माग गर्दछौं ।
हिजो स्थानीय एक महिलालाई बलात्कारपछि मारिएको आशंकामा विरोध जनाउन भेला भएका स्थानीय वासिन्दाहरुउपर जथाभावि गोली चलाउँदा घाइते भएका २९ जनामध्ये चार जनाको हालत गंभीर रहेको बताइएको छ । हामी धरानस्थित वी पी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

सुबोधराज प्याकुरेल
अध्यक्ष