INSEC Online

📅 २०८३ जेष्ठ २१

०६२ चैत २६ गते

०६२ चैत २६ गते

प्रेस विज्ञप्ति

आज दिउँसो १२.३० बजे महेन्द्रपुलस्थित दुरसंचार कार्यलयको भवनमाथि सेन्ट्रीमा बसेका सेनाले गोली चलाउँदा प्रदर्शनकारी भिमसेन दाहालको घटनास्थलमै मृत्यु भएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । आज विहान ११ बजे पृथ्वी नारायण क्याम्पस अगाडिबाट महेन्द्र पुलतर्फजाँदै गरेको र्यालीलाई प्रहरीले तितर वितार पार्न खोज्दा खोज्दै सेनाबाट गोली चलाइएको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनमा गोली चलाइएको यस घटनाको हामी घोर भर्त्सना गर्दछौं ।

यस घटनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन भएको छ। संयुक्त राष्ट्र संघीय नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्रद्वारा व्यवस्था गरिएको शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्दै यस घटनामा संलग्न दोषीलाई कडा कार्वाहीका साथै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन हामी सरकारसँग जोडदार माग गर्दछौं ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल
अध्यक्ष

 

अन्य

भिडियो