INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ मा समेटिने घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३२ गते विदुरमा सम्पन्न भएको छ ।

इन्सेकको आयोजनामा सम्पन्न कार्यक्रममा विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष नीलमबाबु ढुङ्गेलले वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिलाहरू अधिकारलाई स्थापित गर्ने गरी कामहरू गरिरहेको बताउनुभयो । महिलाहरूलाई आत्मनिर्भर सक्षम बनाउन, बालबालिकालाई सचेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेको अध्यक्ष ढुङ्गेलले बताउनुभयो ।

NUwakot Insec halfyrly (1)

नुवाकोट जिल्ला अदालत बार एकाईका पूर्वअध्यक्ष देवराज कँडेलले मानव अधिकारको क्षेत्र बृहत भएकोले यसलाई सिमित घेरामा राखेर हेर्न नहुने बताउनुभयो । उहाँले स्थानीय तहले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूको अधिकारसँग सम्बन्धित कार्यक्रम पर्याप्त रुपमा सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिका न्यायिक समितिका कानूनी सहजकर्ता राममाया न्यौपानेले न्यायिक समितिले ज्येष्ठ नागरिक, बालबालिका, महिला जस्ता पीडितको पक्षका मेलमिलापमार्फत काम गरिरहेको बताउनुभयो ।

पत्रकार श्रीराम नेपालले वैदेशिक रोजगारीले अभिभावकहरू विदेशिएको कारण बालबालिकामा नकारात्मक असर परेको, बालविवाहका घटनाहरू बढेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले पछिल्लो समय महिला तथा बालबालिकामाथिको घटनाहरूमा वृद्धि भएकोले यसलाई न्युनीकरण गराउनको लागि नागरिक संघसंस्था तथा मानव अधिकारकर्मीहरूको भूमिमा अहम् रहने बताए ।

गैसस महासंघका जिल्ला अध्यक्ष लोचन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले सन् २०२५ को जनवरीदेखि जुनसम्मको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको बारेमा जानकारी दिनुभएको थियो ।

उक्त अबधिमा बलात्कारका आठ ओटा, बलात्कार प्रयासका तीन ओटा, कर्तव्य ज्यानको एउटा घटना भएकोे विवरण सङ्कलन भएको छ ।

NUwakot Insec halfyrly (3) NUwakot Insec halfyrly (2)

अन्य

भिडियो