INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयका पध्यानाध्यापक नारायणबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनकट अखिल क्रान्तिकारीका कार्यकर्ताले माघ २२ गते मोसो दलेर दुर्व्यवहार गरेको पीडितले बताए ।

विद्यालय हाताभित्रै थापालाई मोसो दलिएको हो । मोसो दलेको आरोपमा कोही पनि गिरफ्तारीमा नपरको पहरीले जनाएको छ ।

विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा मोसो दलिएको संगठनका जिल्ला नेता सुदिप पौडेलले बताए । पीडित पक्षले लिखित उजुरी भने कतै पनि दिएका छैनन् ।

अन्य

भिडियो