INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस मनाइएको हो ।

नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मीहरूले वितग भन्दा वर्तमान अवस्थामा जातीय विभेदमा कमी आएको बताउनु भयो । भेरी नगरपालिका-१३ का दिपक नेपालीले दलित, दलितमै जातीय विभेद कायम रहेको बताउँदै दलित र गैर दलितसग धेरै विभेद रहेको उल्लेख गर्नुभयो । पछिल्लो समयमा केही राजनीतिक परिवर्तनसँगै सुधार हुँदै गएको बताउनु भयो ।

इन्सेक जाजरकोट प्रतिनिधिले गाउँवस्तीमा रहेका विहान बेलुका छाक जुटाउन नसक्ने अवस्थाका गरिव, दलित समुदायका बालबालिका शिक्षा, स्वास्थ्य, रोजागरीको सिर्जना गर्न सके जातीय विभेद अन्त्य हुँदै जाने बताउनु भयो । सरकारले गरिव, बिपन्न, दलित आर्थिक अवस्था कमजोर भएका बर्गलाई जवाफदेही, पारदर्शी, समान सहभागीता, जोड्न सकेपछि मात्र विभेद अन्त्य हुने उहाँको भनाई छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिहले विगतम विद्यालय नभएको, पढ्ने वातावरण नभएको र अहिले विद्यालय खुलेका कारण सबैले पढ्ने अधिकार भएको बताउनु भयो । उहाँले शिक्षा र चेतानाले नागरिकलाई अघि बढाउने भएकाले शिक्षित परिवार बनाउन लाग्न आग्रह गर्नुभयो । विगतमा जातीय विभेद छैन भन्दै हिँडेका राजनीतिक दलले पहुँचमा पुगेपछि बिर्सिन थालेको बताउनु भयो । समाज रुपान्तरमा लागेका अधिकारकर्मीले सशक्त रुपमा आवास उठाउनु पर्ने धारण राखेका थिए ।

Photo23022025Jajarkot

अन्य

भिडियो