INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन

इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ ।

photo20250204kailali (1)

दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक नरबहादुर चौधरीले समाजमा हुने बालविवाह, अन्तरजातीय विवाह र दाइजो प्रथाले घरेलु हिंसा निम्तिने र बालबालिका तथा महिलामा नकारात्मक असर पर्ने हुदा घरेलु हिंसाको कानुनी उपचारलगायतका विषयमा सन्देश दिन बाल अधिकार चेतना समूले बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन गरेको बताउनु भयो ।

photo20250204kailali (2)

इन्सेक जिल्ला सहजकर्ता बिरेन्द्र शाहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक मञ्चन गरेको बताउनु भयो ।

सरस्वती पुजाको अवसरमा सडक नाटक कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, बाल अधिकार चेतना समूहका पदाधिकारीलगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

photo20250204kailali (5)

 

अन्य

भिडियो