INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

भगवानपुर गाउँपालिका-२ घर भई हाल लहान नगरपालिका-१ मा बस्ने ४१ वर्षीया बहुविवाह तथा हिंसा पीडित लिलादेवी साहलाई इन्सेकले ०८१ पुस ३ गते आर्थिक सहयोग गरेको छ ।

मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा र महिला अधिकारकर्मी गिता साहले पीडितलाई १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरन गर्नु भयो ।

पीडितले सन्तान दिन नसकेको भन्दै आरोपित पति ४५ वर्षीय रामबिलास साहले नौ वर्ष अगाडि बहुविवाह गरेका थिए भने पीडिलाई घर निकाला गरेका थिए ।

पीडितले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा बहुविवाह शीर्षकमा उजुरी दर्ता गराएका थिए । त्यसैगरी, आरोपितविरुद्ध पीडितले जिल्ला अदालत सिरहामा अंश मुद्दा, घरेलु हिंसा, माना चामल सम्बन्धी मुद्दा दर्ता गराएकोमा आरोपितलाई एक वर्ष कैद सजाय सहित पीडितको पक्षमा अदालतले फैसला सुनाएको थियो ।

तर, अदालतले पीडितको पक्षमा फैसला सुनाए पनि, पीडितले मुद्दा जिते पनि अदालतले डोर नखटाउँदा पीडितले हालसम्म न्यायको अनुभुति गर्न सकेका छैनन् ।

पीडित हाल प्यारालाईसिसको बिरामी भई बोल्न नसक्ने अवस्थामा रहेकोले उपचारको लागि र अदालती प्रकृयाको लागि उनलाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

अन्य

भिडियो