INSEC Online

📅 २०८३ जेष्ठ २१

२५औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कचहरी बहस कार्यक्रम सम्पन्न

WhatsApp Image 2024-08-15 at 5.40.41 PM

२५औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कायापलट र रतौली युवा क्लवको आयोजना तथा इन्सेक मधेस प्रदेश, सेभ द चिल्ड्रेन र सिफ्ट संस्थाको सहकार्य र मधेस प्रदेश खेलकुद तथा समाजकल्यान मन्त्रालयको समन्वयमा “युवाको सरोकारः संवेदनशील सरकार” विषयक कचहरी बहस कार्यक्रम ०८१ साउन ३० गते पिपरा गाँउपालिका-२ अतराढमा सम्पन्न भएको छ ।

कार्यक्रममा पिपरा गाँउपालिकाका अध्यक्ष रामजानकी यादवले युवाको क्षमता विकाससँगै रोजगारमुखि शिक्षा, प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्दै युवाहरूलाई लक्षित गरी पालिकामा कार्यक्रमको योजना बनाउने बताउनु भयो ।

त्यसैगरी, इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले युवाहरूको हक अधिकारका सवालमा राजनीतिक दलका नेताहरू र तीनै तहको सरकार उदासिन रहेको उल्लेख गर्नुहुँदै देशको कुल जनसंख्याको ४० प्रतिशत युवाहरू रहेको र अधिकांश युवाहरूमा बेरोजगारीको समस्या रहेको बताउनु भयो ।

“मधेस प्रदेशमा रहेका १ सय ३६ ओटा पालिका मध्ये हालसम्म तीन ओटा पालिकाले मात्र युवा नीति ल्याउन सकेको छ”–पासवानले भन्नु भयो । तसर्थ, युवाहरूको हक अधिकार सुनिश्चित गर्न प्रदेश र स्थानीय सरकारले युवा नीति निर्माण गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

पत्रकार रंजन भण्डरीले युवाको क्षमता सम्भाव्यतालाई ओझेलमा पारिएकाले राज्यको कुनैपनि क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिता हुन नसकेको बताउनु भयो । त्यसैगरी, युवामा लगानि देश विकासको लागि अपरिहार्य रहेकोले पालिकालाई यस तर्फ गम्भिर हुन पत्रकार भण्डरीले आग्रह गर्नु भयो ।

विश्वव्यापी रुपमा बहसको विषय रहेको वातावरण संरक्षण तथा पर्यावरण संरक्षणका क्रियालापमा युवाको भूमीकालाई महत्व दिनुका साथै संघीय, प्रदेश तथा स्थानीय सरकारले नीति लिनुपर्ने रतौली युवा क्लवका अध्यक्ष बैद्यनाथ चौधरीले बताउनु भयो ।

कचहरी कार्यक्रममा बोल्नुहुँदै इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माले युवाहरूलाई आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गराउन हेतु नागरिक शिक्षा अहिलेको प्रमुख आवश्यक्ता रहेको बताउनु भयो ।
WhatsApp Image 2024-08-15 at 5.40.42 PM

अन्य

भिडियो