अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले सरोकारवालाहरूबीच पीडितहरूको सहयोगलाई अझ प्रभावकारी बनाउन मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय बैठक ०८१ असार ७ गते सम्पन्न गरेको छ ।
घरेलु हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारबाट पीडित महिला तथा बालबालिकालाई कानुनी सहायता तथा न्यायका लागि पहुँच स्थापनाका लागि सरोकारवाला निकायमा पहुँच पुर्याउनका लागि जनवरीदेखि हालसम्म १३ जनालाई आर्थिक सहयोग गरेको इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले बताउनु भयो ।
उक्त कार्यक्रममा अहिलेसम्म नागरिक सङ्घसंस्था, अधिवक्ता लगायत विभिन्न सङ्घसंस्थामा आवद्ध प्रतिवद्ध अभियन्ता र जिल्ला प्रतिनिधिहरूको सिफारिसमा आर्थिक अवस्था कमजोर भएका पीडितलाई सहयोग गर्दै आएको इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले बताउनु भयो । उहाँले कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज शाखा कार्यालयका प्रमुख द्वारिका अधिकारी, वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठ, अधिवक्ता वसन्त गौतम, अधिवक्ता विश्वजीत तिवारी, अधिवक्ता विकास आचार्य लगायतले सिफारिस गरिएको पीडितहरूको विद्यमान अवस्था सफलताको बारेमा सुनाउनुभएको थियो ।
