INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको समन्वयमा घरदैलो कार्यक्रम

Photo 20240501 Shambhunath 2

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा वैशाख ५ गतेदेखि वैशाख १७ गतेसम्म शम्भुनाथ नगरपालिकाले विद्यालय भर्ना अभियान सफल पार्न घरदैलो कार्यक्रम गरेको छ ।

“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” तथा “गुणस्तरीय सिपमुल्क तथा व्यवहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने नाराका साथ वडा नं ३ बाट सुरु भएको घरदैलो कार्यक्रमले विभिन्न वडाहरूको परिक्रमा गरेको छ । शम्भुनाथ नगरपालिका–३ स्थित जनता रामदयाल माध्यमिक विद्यालयबाट सुरु भएको घरदैलौ कार्यक्रम वडा नं ३ र ४ को परिक्रमा गर्दै पुनः विद्यालयको प्राङ्गणमा सम्पन्न भएको शम्भुनाथ नगरपालिकामा इन्सेकद्वारा गठित मानव अधिकार समूहले जनाएको छ ।

कार्यक्रमको सहजिकरण गर्नुभएका अशोक कुमार साहले आजको बालबालिकालाई गुणस्तर शिक्षा दिन सके भोलिको दिनमा राज्यलाई दक्ष जनशक्ति प्राप्त भई समाज परिवर्तन हुने बताउनु भयो ।

यसैगरी शम्भुनाथ नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालयले समेत वैशाख ६ गतेदेखि वैशाख १५ गतेसम्म वडा नं १० र ११ मा विभिन्न नाराका साथ घरदैलो कार्यक्रम गरेको छ । विद्यालयका शिक्षक सुनिलकुमार चौधरीले सम्पूर्ण शम्भुनाथ नगरपालिकाका सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन अन्तरगत विपन्न परिवार, दलित समुदाय र अन्य जात/जातिका बालबालिकाहरूलाई विद्यालय भर्ना अभियान सञ्चालनमा सहभागीता गराउने गरेको बताउनु भयो । कार्यक्रमहरूमा शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूह र बाल अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको थियो ।

मानव अधिकार समूहले बालविवाह मुक्त घोषणा गर्न, महिला हिंसा, लैङ्गिक हिंसा विरुद्ध अभियान सञ्चालन गर्न, वैशाखमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न, सामुदायिक

विद्यालयहरूको अनुगमन गरी नगरपालिकामा प्रतिवेदन पेश गर्न चैत ११ गते नगरपालिकामा ध्यानाकर्षण–पत्र बुझाएको थियो ।

Photo 20240501 Shambhunath

Photo 20240501 Shambhunath 1

अन्य

भिडियो