INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले इच्छाकामना गाउँपालिका-४ मा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० माघ १४ गते सम्पन्न भएको छ ।

इच्छाकामना गाउँपालिका सामाजिक विकास शाखा प्रमुख पार्वती मगरातिले वातावरण संरक्षणका लागि नागरिकले आफैबाट सुरु गर्नु पर्ने बताउनु भयो । वातावरणसम्बन्धी बनेका कार्यविधिलाई कार्यान्वयन गर्न गराउन मानव अधिकार समूहले स्थानीय तहलाई ध्यानाकर्षण गर्ने उहाँले उल्लेख गर्नुभयो । स्थानीय तहले गर्न नसक्ने केही कामहरू छ्न् भने यो भन्दा माथिल्लो तह सम्म लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इन्सेक चितवन जिल्ला प्रतिनिधिले वातावरण संरक्षणका लागि समाजका हरेक नागरिक, मानव अधिकार समूह, स्थानीय निकाय अन्य गैरसरकारी सङ्घ संस्थाले पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम र प्रयासहरू गर्नु पर्ने बताउनु भयो । उहाँले हामीले पनि समाजमा कुन ढङ्गले विकास कार्य भइराखेका छन्, वातावरण विनासका क्रियाकलाप भएका छ्न् वा छैनन् यदि छ्न भने कसरी रोक लगाउन सकिन्छ भन्ने विषयमा स्पष्ट पार्नुभयो ।

इच्छाकामना गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष पार्वती गिरीले स्थानीय सरकार र जिम्मेवार निकायको मात्र होइन वातावरण संरक्षणका लागि सर्वप्रथम नाकरिक व्यक्तिले नै संरक्षणका लागि आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने बताउनु भयो । उहाँले वातावरण संरक्षणमा सबै मानव अधिकार समूहसँगै हरेक नागरिक सरोकारवालाहरूसँग समन्वयमा रही वातावरण सन्तुलनका लागि प्रयासहरू अगाडि बढाउने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बाल अधिकार समूह, शाखाका प्रमुख, इन्सेक जिल्ला प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण इन्सेक चितवन सहजकर्ता गायत्री गिरीले गर्नुभएको थियो ।

Photo_080-10-15_Chitwan3

Photo_080-10-15_Chitwan

Photo_080-10-15_Chitwan1

अन्य

भिडियो