INSEC Online

📅 २०८३ जेष्ठ २१

मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यान आकर्षण पत्र

WhatsApp Image 2024-01-12 at 6.06.30 AM

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक समस्याहरु समाधान गर्नु पर्ने मागराखि मिथिला नगरपालिकास्तरीय मानव अधिकार समूहले ०८० षुस २५ गते मिथिला नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।

स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई ध्यानाकर्षण–पत्र बुझाइएको हाे ।

शिक्षा तर्फ : नगर साक्षरता अभियान संचालन गर्न, कुल सात मध्ये चार ओटा माध्यमिक विद्यालयमा माध्यमिक दरबन्दी अनुसार विषयगत शिक्षाककाे व्यवस्था गर्न, बालमैत्री प्रविधिहरूकाे प्रयाेग गरी अध्यापन गराउने वातावरण सृजना गर्न र विद्यालयहरुमा नियमित रूपमा मासिक वा त्रेमासिक अनुगमन गर्न ।

स्वास्थ्य तर्फ: भाडामा संचालन स्वास्थ्य केन्द्रहरूकाे भवन निर्माण गर्न, वडा नं १, ५, ७, ८ र १० का आधारभुत स्वास्थ्य केन्द्रहरूमा कर्मचारी परिपुर्ति गर्न । त्यस्तै, प्रत्येक खाेप केन्द्र गाउँ घर क्लिनिकहरूमा फर्निचर सामाग्रािकाे व्यवस्था गर्न र सेवा प्रवाहलाई सहज बनाउनको लागि सबै स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा नागरिक वडा पत्र राख्न । विद्यालयहरूका शौचालयहरू सफा र व्यवस्थित राखि छात्रा विद्यार्थीहरूको लागि सेनिटरि प्याड बदल्ने छुट्टै कक्ष र डस्टविनकाे व्यवस्थापन गर्न ।

वातावरण तर्फ : मिथिला नगरपालिका-१ स्थित बसही खोला र सोही नगरपालिका भित्र रहेको ५ र ३ वडाको बीचमा पर्ने जलाद खोला अवैध रूपमा ग्रावेल उत्खनन् भइरहेकोले तत्कालै सो ग्रावेल उत्खननलाई रोक्न । नगरपालिका अन्तर्गत संचालन क्रसर उद्योगहरूलाई वातावरण मैत्री प्रविधिहरूकाे प्रयाेग गर्न र निर्देशन गर्नुहुन छुट्टै वातावरण शाखाकाे व्यवस्था गर्न।

साथै नगरपालिकाभित्र रहेका सबै विद्यालय परिसरमा सरसफाइ अभियान संचलान गर्नुपर्ने । प्लास्टिकको प्रयाेगमा कमि ल्याउने कार्यक्रम र अभियान संचालन गर्ने।

हिंसा र विभेद विरूद्ध तर्फ : मानव अधिकार सहयाता काेष कक्षकाे व्यवस्था गर्न हिंसा प्रभावितहरूकाे सहयोगार्थ गरी बालविवाह, दाईजो प्रथा तथा बाेक्सि प्रथा, लैङ्कगिक हिंसा र जातीय भेदभाव विरूद्ध जनचेतना मूलक कार्यक्रम र अभियान सञ्चालन गर्ने।

नगरपालिकाका अधिकृत भण्डारीले ज्ञापनपत्र बुझ्दै भने, हामीले बेला बेलामा अनुगमन गरिरहेका छाै र यस नगरपालिकाका मानव अधिकार समूहले यस कुरामा ध्यानाकर्षण गराउनु भएको धेरै नै खुशी र ज्ञपान पत्रमा उल्लेख गरिएका कुरालाई नीति तथा कानुन बनाएर लागु गर्नु पर्ने बताउनु भयो । मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिदै जनताको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

मानव अधिकार समूहका अध्यक्ष माेहन कुमार महत्ताे र काेषा अध्यक्ष विना कडारी, सदस्य कल्पना कडारी, इन्सेक मधेस प्रदेश कार्यालयका जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारिलाई ज्ञापन–पत्र बुझाउनु भएको छ।

WhatsApp Image 2024-01-12 at 6.06.29 AM WhatsApp Image 2024-01-12 at 6.06.28 AM

अन्य

भिडियो