INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा वातावरण सम्बन्धी कार्यशाला

Dakneshwari (2)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा ०८० पुस १३ गते डाक्नेश्वरी नगरपालिकास्थित रामेश्वर मेमोरियल माध्यमिक विद्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष शत्रुधन मण्डलले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने वातावरण संरक्षणका लागि चिन्तन र छलफल गर्नु पर्ने अवस्था आएको बताउनु भयो । उहाँले सरसफाई कार्यक्रम र अभियान सञ्चालन गरी व्यवस्थापन गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

रामेश्वर मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन इशरले वृक्षारोपण र वातावरण संरक्षण सम्बन्धी चेतनमूलक कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो । संरक्षक शिक्षक बलराम पण्डितले स्वच्छ वातावरणमा बाँच्न पाउने मानव अधिकारलाई संरक्षण गर्ने तर्फ एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले वातावरण र विकासलाई सन्तुलित ढङ्गले अगाडि बढाए मात्र जीवन र पृथ्वीको सुरक्षा गर्न सकिने दावी गर्नु भयो ।

मानव अधिकार समूहकी उपाध्यक्ष अनुदेवी चौधरीले प्लाष्टिक प्रयोगलाई निषेध गर्नुपर्ने, फोहोर व्यवस्थापनका लागि नगरमा एउटा समिति तयार रहनु पर्ने र फोहोर गर्नेलाई जरिवाना गर्नुपर्ने धारणा राख्नु भयो ।

इन्सेक सहजकर्ता अजय परियारले प्रदुषण रोक्न र वातावरण जोगाउन सबै मिलेर योजनाका साथ काम गर्नुपर्ने बताउनु भयो । उहाँले वाचावरण प्रदुषण, वन तथा वन्यजन्तु विनाशबाट हुने हानी, नोक्सानीबारे सचेत पार्नुभयो ।

इन्सेकको आयोजनामा भएको कार्यक्रममा रामेश्वर मेमारियल माध्यमिक विद्यालय.र हिरा फेकनी माध्यमिक विद्यालयअन्तर्गत बाल अधिकार सचेतना समूह, संरक्षक शिक्षक, मानव अधिकार समूह गरी ४५ जनाको सहभागिता थियो ।

Dakneshwari (3) Dakneshwari (1) Dakneshwari Dakneshwarii

अन्य

भिडियो