नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सन २०२३ जानवरी १ देखि डिसेम्वर १६ सम्म सङ्कलन गरिएका ३३ ओटा घटना प्रस्तुत गर्नु भएको छ । मल्लले प्रस्तुत गरेको प्रतिवेदनमा घरेलु हिसंका १९,बलात्कारका ६,कुटपिट दुव्र्यहारका ४,कुपोषणबाट मृत्यु १,बोक्सिको आरोप १,जातीय विभेद का २ घटना रहेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलन तथा सम्प्रेषण गर्ने घटनाले समाजमामा मानव अधिकार सस्कृतिको विकास हुनुका साथै सामाजिक विकासमा टेवा पुगेको बताउनु भयो । साथै उहाँले अदालती प्रक्रियामा दर्ता भएका मुद्दाहरुको समेत इन्सेकले खोजी गर्नुपर्नेमा जोड दिनु भयो ।
यसैगरी स्थानीय तहले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रको लागि छुट्याउनु पर्ने न्युनतम मापदण्ड भएपनि पुरा नगरेको, जिल्लामा शिक्षामा पनि सुधार ल्याउनु पर्ने,जिल्लामा वेरोजगारीको दर बढेको,माहामारीले हरेक क्षेत्रमा पारेको समस्यालाई सम्बन्धित निकायले गम्भीर रुपमा नलिएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कालिकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केशिले जिल्लाका विकट बस्तीमा लुकेर रहेका मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनाहरु उजागर गर्न इन्सेकलाई अग्रह गर्नु भयो । उहाँले मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने राज्यको दायित्व भएपनि इन्सेक जस्ता मानव अधिकारको क्षेत्रमा काम गर्ने सस्थाहरुले महत्वपूर्ण काम गरिरहेको बताउनु भयो ।
नेपाल बार एसोसिएसन कालिकोटका कोषाध्यक्ष खडानन्द चौलागाँइले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले गर्दा धेरैले न्याय पाएको र न्यायको पहुचसम्म पुगेकाले अझै मिहिनेत गरेर घटना सत्य तथ्य घटना उजागर गर्नु पर्ने धारण राख्नु भयो ।
नागरिक समाज कालिकोटका संयोजक दमनराज बमले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ सहि भएको र मानव अधिकार उल्लङ्घनसम्बन्धीका घटना न्यूनिकरणका लागि इन्सेक कानुनी सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
वार्षिक पूर्व समीक्षा कार्यक्रममा प्रहरी प्रशासन, न्यायिक निकाय, राजनितिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।




