INSEC Online

📅 २०८३ जेष्ठ २१

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अन्तरक्रिया र वृक्षारोपण कार्यक्रम सम्पन्न

WhatsApp Image 2023-12-12 at 9.37.59 AM

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार समूहले ०८० मङ्सिर २४ गते “सबैका लागि स्वतन्त्रता, समानता र न्याय” भन्ने नाराका साथ बटेश्वर गाउँपालिकाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रियाका क्रममा बटेश्वर गाउँपालिकामा हुने गरेका आत्महत्या, छुवाछुत र दाइजो प्रथा जस्ता गलत क्रियाकलापहरूलाई न्यूनीकरण गर्नको लागि मानव अधिकार समूहले समुदाय र परिवार स्तरमा अभियानहरू सञ्चालन गर्नुपर्नेमा मानव अधिकार समूहका अध्यक्ष सुरज महतोले जोड दिनु भयो ।

मानव अधिकार समूह मधेस प्रदेशका सह सचिव हरिनारायण दासले जीवनकालसम्म पाउने सम्पूर्ण सेवा, सुविधा, स्वतंन्त्रता नै मानव अधिकार भएकाले समुदायमा हुने सम्पूर्ण हिंसा विरूद्ध समूहको पहल र अभियान जारी रहने बताउनु भयो ।

मानव अधिकारको विश्व व्यापि घोषणापत्र १० डिसेम्बर १९४८ मा जारी भएको हुँदा सोहि दिनको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्था तथा व्यक्तित्वहरूले विभिन्न कार्यक्रम र अभियानहरूको आयोजना गरी मानव अधिकार दिवस मनाउँदै आएको धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले बताउनु भयो ।

त्यस्तै, ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बटेश्वर गाउँपालिका–५, शान्तिपुर मुस्लिम टोल स्थित मदरसाको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । मदरसाका मौलबि मो. नजर मुद्दिनले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिनमा मानव अधिकार समूहले मदरसामा आइ वृक्षारोपण गर्नु अत्यन्तै सन्देशमूलक र सद्भावपूर्ण कार्य रहेको बताउनु भयो ।

WhatsApp Image 2023-12-12 at 9.43.12 AM

WhatsApp Image 2023-12-12 at 9.43.11 AM

अन्य

भिडियो