INSEC Online

📅 २०८३ जेष्ठ २१

श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ  ०८० असोज ९ गते हस्तान्तरण गरेको छ ।

इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समूहलाई कोष रकम सहयोग गरेको इन्सेक जिल्ला सहजकर्ता गायत्रि गिरीले बताउनु भयो ।

कोष हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीले इन्सेकले दिएको रकमबाट विद्यार्थीले विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने बताउनु भयो । उहाँले प्राप्त सहयोगको सही सदुपयोग र सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । कोषबाट समूहले वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समूहका अध्यक्ष सृष्टि चेपाङले बताउनु भयो ।

श्री जनप्रिय माविका शिक्षक दिनेशप्रसाद अधिकारीले इन्सेकले प्रदान गरेको रकमबाट समूहका बालबालिकाहरूले आफ्नो क्षमता विकासका कार्य सञ्चालन गर्न शुभकामना व्यक्त गर्नुभयो ।

Photo_080-6-9_Chitwan1

अन्य

भिडियो