INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा कालिका नगरपालिका–९ शक्तिखोर स्थित चतुर्मुखी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले ०८० वैशाख २५ गते शक्तिखोर चोकमा सडक नाटक प्रदर्शन गरेका छन् ।

यस नाटमा बालबलिकाको अधिकार के हो र कसरी बालबालिकाको अधिकार हनन् हुन जान्छ भन्ने विषयमा नाटक प्रदर्शन गरेका थिए । घरको आर्थिक अवस्था कम भएको कारण बालबालिकाको मानसिकतामा पर्ने असर पनि यस नाटकमा देखाइएको थियो ।

यस नाटक प्रदर्शनपछि प्रधानाध्यापक चन्द्र बहादुर गुरुङले बालबालिकाको बौद्धिक क्षमता वृध्दि गर्न अतिरिक्त क्रियाकलाप अपरिहार्य रहेको र यस विद्यालयका भाइबहिनिहरूलाई अवसर दिएकोमा इन्सेकलाई धन्यवाद दिनुभएको थियो ।

यसै विद्यालयका सहायक प्रधानाध्यापक पुर्ण पुरीले पनि बालबालिकाले समय सान्दर्भिक नाटक देखाएको र राम्रो विषयमा नाटक प्रदर्शन गरेको बताउनु भयो ।

विद्यालयका भाइबहिनी समक्ष इन्सेकले यो कार्यक्रम गर्न सहयोग गरेकोमा मनै देखि आभार प्रकट गरेको उहाँले भन्नुभयो ।

बाल अधिकार सचेतना मुलक नाटक प्रदर्शनमा विद्यार्थीहरू आफै सहभागि भएर बाल अधिकारको बारेमा सबैलाई सचेतना गराएको चतुर्मुखी माध्यमिक विद्यालयको शिक्षक रितबहादुर भण्डारीले बताउनु भयो ।

Photo_080-1-29_Chitwan

Photo_080-1-29_Chitwan

Photo_080-1-29_Chitwan.

अन्य

भिडियो