INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन

मानव अधिकार निगरानी समूह मोरङका पूर्व जिल्ला अध्यक्ष त्रिलोक न्यौपानेको अध्यक्षतामा प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयले  ०७९ माघ २६ गते विराटनगरमा प्रदेशस्तरीय मानवअधिकार सञ्जान गठन र छलफल कार्यक्रम आयोजना गरी  प्रदेशस्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा धनपालथान गाउँपालिका मानव अधिकार समूहकी सदस्य राधा पासवान, सचिवमा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापा, कोषाध्यक्षमा ओरेक नेपालकी मोरङ जिल्ला संयोजक सरस्वती दनुवार चयन हुनु भएको छ । सदस्यहरूमा मानव अधिकार समूह सुनवर्षी गाउँपालिकाका अध्यक्ष लक्षुमन बुढाथोकी, मानव अधिकार समूह रतुवामाई नगरपालिकाका अध्यक्ष तेजप्रसाद भण्डारी, सुनसरी देवानगञ्ज गाउँपालिकाका मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डल, वर्जु गाउँपालिका मानव अधिकार समूहका अध्यक्ष जितनारायण चौधरी र मानव अधिकार समूह जहदा गाउँपालिकाका अध्यक्ष बुद्धदेव यादव रहनु भएको छ ।

सञ्जालले नागरिकका आर्थिक सामाजिक र सांस्कृतिक अधिकारहरूका विषयमा पैरवी गर्ने छ । शिक्षा, स्वास्थ्य, खाद्य, जातीय विभेद, वातावरणहितका सवालको उठान गर्दै सरोकारवालाबिच यी सवालहरूको सम्बोधनका लागि साझेदारी र खवरदारीसहित दबाब सृजना गर्ने सञ्जालका सचिव सोमराज थापाले बताउनु भएको छ ।

Photo 20230209 Morang (1)

Photo 20230209 Morang (2)

अन्य

भिडियो