INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सन २०२२ जनावरी  देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका ६० ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

सल्यानमा एक बर्षको अवधिमा मानव अधिकार हन्नका ६० वटा घटना भएको उहाँले बताउनु भयो । जसमा सबै भन्दा धेरै माहिला तथा बालबालिकामाथि बढी ज्यादतीका घटना हुने गरेको पाइएको छ । इन्सेकका अनुसार जिल्लामा महिला अधिकारका ३९ ओटा, बालअधिकारका  १६ ओटा, बाँच्न पाउने अधिकारका तीन ओटा र नागरिक तथा सामाजिक अधिकारका दुई ओटा घटना भएका छन् ।

जिल्लाभर महिला अधिकार तर्फ घरेलु हिंसाका १७ ओटा, कुटपिटका दुई ओटा, बलाल्कारका सात ओटा, बलात्कार प्रयासका दुई ओटा, बहुविवाहका १० ओटा र बोक्सी आरोपका एक ओटा घटना भएका छन् । यस्तै बाल अधिकार तर्फ बलात्कारका १२ ओटा, बाँच्न पाउने अधिकार तर्फ हत्या, एसिड प्रहार र जेष्ठ नागरिक घर निकालाका एक/एक ओटा र नागरिक तथा सामाजिक अधिकार तर्फ कुटपिटका २ वटा घटना भएका छन् ।

इन्सेक प्रतिनिधि बुढाथोकीले जिल्लामा विभिन्न क्षेत्रले सक्रियताका साथ कामगर्दै आएको भएपनि मानव अधिकार हनन् र ज्यादतीका घटनामा कमी आउन नसकेको बताउनु भयो । अझैपनि गाउँमा हुने केही घटना बाहिर आउन नसकेकाले सरोकारवाला सबै निकायले सक्रियताका साथ हातेमालो गरेर अघिबढ्नुपर्ने र पीडितलाई न्याय तथा पिडकलाई कानुनी दायरामा ल्याउन सबैको भूमिका महत्वपुर्ण भएको उहाँको भनाइ छ ।

वार्षिक घटना समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउनको लागि सबै क्षेत्रको प्रयास आवश्यक रहेको बताउनु भयो । मानव अधिकार हनन् कसरी रोक्ने भन्ने चुनौतीको बिषय भएको भन्दै उहाँले टोलबस्तीमा पुगेर सचेतीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

यस्तै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना धेरै हुनुले महिला अझै पनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले मानव अधिकार हनन्का घटनामा कमी ल्याउनको लागि नगरपालिकाले सचेतीकरणको अभियान सञ्चालन गर्ने बताउनु भयो ।

उहाँले बिभिन्न घटनाका पिडितहरुलाई नगरपालिकाले सञ्चालन गर्ने सिपमुलक तथा आय आर्जनका कार्यक्रम सञ्चालन गर्दा प्राथामिकता दिने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका नागरिकहरूबाट उजुरी नआउने भएकाले सबै बर्ग, समुदायमा आयआर्जनका क्रियाकलाप सञ्चालन गरिने बताउनु भयो ।

कार्यक्रममा सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसी, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर ववाल, जिल्ला अस्पताल सल्यानका इन्डोर इन्चार्ज सुलोचना महर्जन लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रममको सहजीकरण मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बुद्धि पुनले गर्नुभएको थियो ।

Photo20230106Salyan (3)

Photo20230106Salyan (4)

Photo20230106Salyan (2)

Photo20230106Salyan (1)

अन्य

भिडियो