INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेश प्रदेशमा इन्सेक जिल्ला प्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेश जनकपुरधामको आयोजनामा मानव अधिकार उल्लघंनका पीडितहरुको कानुनी प्रक्रिया र न्यायमा पहुँच विषयक जिल्ला प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम पुस ११ गते सम्पन्न गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेश तिम्लिसिनाले तराई क्षेत्रमा घरेलु हिंसा घटना बढी हुने गरेको भएपनि इन्सेक प्रतिनिधीहरुबाट घरेलु हिंसाका घटना अभिलेख कम भएको बताउनुभयो । इन्सेक जिल्ला प्रतिनिधीका लागि वार्षिक ८५ लाख रुपैया खर्च हुने गरेको बताउनुभयो । पछिल्लो पटक इन्सेक प्राविधिक रुपमा अगाडी बढेको छ । जिल्ला प्रतिनिधीहरु समेत प्रविधीमैत्री भई डाटा राख्नेमा अग्रसर हुनुपर्ने बताउनुभयो । घटनाहरुको अभिलेख गरि सकेपछि अपडेट गनुपर्नेमा जिल्ला प्रतिनिधीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानले मधेश प्रदेशमा भएका घटनाहरुलाई अविलम्ब घटना फारममा इन्ट्री गर्न निर्देशन दिनुभयो । मधेश प्रदेशमा करिव ५ सय जतिको घटना अभिलेख भएकाले उहाँले मधेश प्रदेशमा भएका घटना र पीडितहरुलाई न्यायमा पहुचका लागि जिल्ला प्रतिनिधिहरु अग्रसर रहेकोमा धन्यवाद दिनुभयो ।
इन्सेक वर्ष पुस्तक सम्पादक गोविन्द त्रिपाठीले मधेश प्रदेशमा घटनाहरुमा कमी हुँदै गएको बताउनुभयो । इन्सेकका लागि सर्वोत्कृष्ट र उत्कृष्ट हुने मधेश प्रदेशकै जिल्ला प्रतिनिधीहरु रहने गरेको बताउनुभयो । जिल्ला प्रतिनिधिहरुलाई सहजताको लागि जिल्ला अदालत, उच्च अदालत, शिक्षा र स्वास्थ्यको डाटा ल्याउनुपर्ने बताउनुभयो । उहाँले समयमै त्रैमासिक रुपमा घटनाको अभिलेख राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडलले जिल्लामा ८१ ओटा मानवअधिकार उल्लघंनका घटना भएको बताउनुभयो । जिल्लामा बहुविवाहका घटनाहरु बढी भएको बताउनुभयो । उहाँले जिल्लामा इन्सेकले मानवअधिकार उल्लंघनका घटनाहरुमा न्यायका लागि पहल गरेको बताउनुभयो ।
रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनाले रौतहटमा ६९ ओटा मानवअधिकार उल्लघंनको घटना भएको बताउनुभयो । बालबालिकाहरु बढी पीडित भएको बताउनुभयो । इन्सेकले रौतहटमा न्यायको लागि १५ ओटा घटनामा पहल गरेको बताउनुभयो ।
महोत्तरी जिल्ला प्रतिनिधि अजय कुमार साहका अनुसार जिल्लामा ६४ ओटा मानवअधिकार उल्लंघनका घटना भएको बताउनुभयो । जिल्लामा हिन्दु र मुस्लिमबीचको साम्प्रदायिक घटना भएको छ । न्यायका लागि ६ ओटा घटनामा इन्सेकले पहल गरेको बताउनुभयो ।
सिरहा जिल्ला प्रतिनिधी दुर्गा परियारका अनुसार जिल्लामा ८१ ओटा मानवअधिकार उल्लघंनका घटना भएको बताउनुभयो । जिल्लामा राज्यपक्षबाट ३ ओटा घटना भएको छ भने गैर राज्यपक्षबाट १७ ओटा घटना भएको छ । जसमा महिला र बालबालिका बढी पीडित भएको बताउनुभयो ।
धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार जिल्लामा ५७ ओटा मानवअधिकार उल्लघनका घटना भएको बताउनुभयो । जिल्लामा बलात्कारका घटना १० ओटा र हत्याका १२ ओटा घटना भएको बताउनुभयो । जिल्लामा पारिवारका सदस्यबाटै महिला हत्याका घटना बृद्धि भएको छ ।
सलार्ही जिल्ला प्रतिनिधी बुधन साहका अनुसार जिल्लामा ५६ ओटा मानवअधिकार उल्लघनका घटना भएको बताउनुभयो । जिल्लामा बलात्कारका घटना ७ ओटा र हत्याका ७ ओटा घटना भएको बताउनुभयो । बोक्सीको घटना २ ओटा भएको छ ।
सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरलेका अनुसार जिल्लामा ८५ ओटा मानवअधिकार उल्लघनका घटना भएको बताउनुभयो । जिल्लामा बालिका बलात्कारका घटना बढी भएको बताउनुभयो । इन्सेकले हामी घटना अभिलेख मात्रै गर्ने कि घटना न्युनिकरणका लागि समेत प्रयास गर्ने हो कि भन्ने प्रश्न छ ।
पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेले जिल्लामा मानवअधिकार उल्लघंनका ६४ ओटा घटना भएको बताउनुभयो । उहाँले जिल्लामा बलात्कारका घटनाहरु बढी हुने गरेको जसमा महिला र बालबालिका बढी पीडित रहेको बताउनुभयो ।
समग्रमा मधेश प्रदेशमा मानवअधिकार उल्लघंनका घटनामा कमी नभएको इन्सेक मधेश प्रदेश कार्यालयले जनाएको छ ।

अन्य

भिडियो