INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

सङ्कलित घटनाहरुको थप पुष्टि गर्ने र छुटेका घटनाहरु थप गर्ने उद्देश्यका साथ बार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले ०७८ पुस १७ गते देखि ०७९ पुस ४ गतेसम्म संकलन गरिएका २१ ओटा घटना प्रस्तुत गर्नु भएको छ ।

सम्मानित रुपले बाँच्न पाउने अधिकार हत्या कुटपिट ४ ओटा, बलात्कार तथा बलात्कार प्रयास र यौन दुर्व्यवहार ८ ओटा, स्थानीय तहको निर्वाचनमा झडप ३ ओटा, घरेलुहिंसा ५ ओटा, आवासको अधिकार १ ओटा र  विपद्का घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि रावलले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताउनु भयो । उहाँले भन्नुभयो जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । ५ करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् । यस्तै १० जना मानवीय क्षति र पशुपंक्षी, कृषि योग्य जमीनपनि क्षति भएको उहाँले बताउनु भयो । विपद्का सवै क्षतिका घटनाका विषयमा गृह मन्त्रालयमा प्रतिवेदन पठाएका छौँ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यामबहादुर बुढामगरले प्रहरी प्रशासनले मानव अधिकार संरक्षण र प्रवर्धनमा काम गर्दै आएको बतााउनु भयो । उहाँले भन्नु भयो प्रहरीलाई नागरिकको सहयोगको आवश्यक छ । हामीले आफै पनि अनुसन्धान गरेको छौँ । तर प्रहरीलाई सुचनाको पनि खाँजो छ । सूचना प्राप्त भएपछि तुरुन्त अनुसन्धान थाल्ने गरेका छौँ । पछिल्लो समय जुम्ला लागुपदार्थको प्रभावित क्षेत्र बनेको छ । यसको न्यूनिकरण गर्नका लागि प्रहरी प्रशासन लागी परेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले राजनीतिक दल, नागरिक,  सरोकारवाला निकाय नै अपराधिक घटनाका संरक्षकको भुमिका निर्वाह गरेको बताउनु भयो । उहाँले भन्नुभयो यस्ता घटनाका पक्षमा सशक्त रुपमा उभिएर पीडितलाई न्यायका पक्षमा हुनु पर्ने आवश्यकता देखिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले यहाँको सडक सञ्जाल, भौतिक संरचना अपांगमैत्री नभएको बताउनु भयो । उहाँले भन्नुभयो सडकका ढल नाला ढाँकिएका छैनन् । खुला नै छन् । दृष्टिविहिन व्यक्तिहरु सडकमा हिड्न निकै असहज भएको छ । यसमा राज्य पक्षको ध्यानाकर्षण भएको छैन ।

जुम्ला सडक सञ्चालनमा जोडिएको लामो समय भयो । सडकको स्तरबृद्धि हुन सकेको छैन । उहाँले भन्नु भयो सडक सञ्जालमा जोडिएको जुम्लामा खाद्यन्न नुन चामलको अभाव हुने गरेको छ । विपद्ले एकातिर खेती योग्य जमीन नासिदै गएको छ भने अर्काेतिर राज्यले समयमा अनुदानको नुन चामल उपलव्ध गराउनु सकेको छैन ।

Photo20221220Jumla (1)

Photo20221220Jumla (1)

अन्य

भिडियो