INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम मङसिर २९ गते सुख्डमा सम्पन्न भएको छ ।

C
C

मङ्सिर २८ गते सरु भएको क्षमता अभिबृद्धि तालिमको उद्धघाट सत्रमा घोडाघोडी नगरपालिका नगर प्रमुख खडकबहादुर रावतले मानव अधिकारमा आधारित नीति तथा योजना बनाई मानव अधिकारका विषयमा केही काम भइरहेको र मानव अधिकारका विषयमा सिक्दै व्यवहारमा कार्यान्वयन गर्दै जाने बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्थानीय मानव अधिकार समूहले राम्रो काम गरिरहेकाले स्थानीय तहलाईइ समेत सहयोग पुगेको छ ।  उहाँहरुले  १६ दिने अभियानमा सक्रिय रुपमा अर्थपूर्ण सहभागिता देखाएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’

घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले पालिकाले निर्माण गरेकोे नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको र मानव अधिकार समूहले निश्चित ठाउँ र क्षेत्रको समस्या तथा सवालवारे पालिकालाई जानकारी गराउँदा समाधान गर्न सजिलो हुने बताउनु भयो ।

photo20221215kailali (3)

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले दुई दिने तालिमले मानव अधिकार समूह र सेवाप्रदायक निकाय बीच शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक विभेदको सवालहरु पहिचान गर्न तथा समाधान गर्ने सम्बन्धमा साँझा बुझाई भएको हुँदा आगामी दिन त्यस्ता सवालहरु समाधानको लागि सहज हुने बताउनु  भयो ।

photo20221215kailali (4)

दुई दिनसम्म सञ्चालन गरिएको क्षमता अविृद्धि तालिममा इन्सेकका सुदूरपश्चिम संयोजक खडकराज जोशीले मानव अधिकारको अवधारणा, आर्थिक, सामाजिक र सास्कृतिक अधिकार तथा मानव अधिकार समुहको काम, कर्तव्य र अधिकार, घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहले शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक विभेद विरुद्धको अधिकार सम्बन्धी पालिकाको नीति तथा कार्यक्रम र कार्यान्वयनको अवस्था र अधिवक्ता पुष्प शाहीले स्थानीय न्यायीक समितिको काम, कर्तव्य र अधिकारका विषयमा सहजीकरण गर्नु भएको थियो ।

photo20221215kailali (2)

तालिममा मानव अधिकार समुहका पदाधिकारी र स्थानीय तहका शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अन्य

भिडियो