INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा नगरप्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह गौशाला महोत्तरीले गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तोलाई भदौ २४ गते ध्यानाकर्षणपत्र बुझाएको छ ।

समूहका अध्यक्ष विन्देश्वर साहको नेतृत्व तथा इन्सेक महोत्तरीका सहजकर्ता सिता केसीको सहजिकरणमा समूहले नगरमा पहिचान भएका विभिन्न समस्याको समाधान हुनुपर्ने भन्दै सामूहिक ध्यानाकर्षणपत्र बुझाएको हो ।

भदौ २१ गते समस्या पहिचान तथा सरोकारवाला निकायको पहिचान र कार्ययोजना निर्माणका लागि निगरानी समूहको बैठकबाट पहिचान भएका समस्याबारे मेयरलाई ध्यानाकर्षण गराएको समूहका अध्यक्ष साहले जानकारी दिनु भयो ।

नगरमा रहेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि समस्याबारे प्रत्येक तीन/तीन महिनामा समूहको बैठक बस्ने गरेको र नगरमा व्याप्त विभिन्न समस्याबारे छलफल गर्ने गरेको उहाँले बताउनु भयो ।

ध्याकर्षणपत्रमा कोभिडको खोप वितरणमा असमानता, विगत दुई वर्षभन्दा अघिदेखि सुरू गरेको गौशाला वडा न.ं ४, ६ र १२ मा अधुरो रहेको मुसहरवस्तीको भवन निर्माण कार्य यथाशीघ्र हुनुुपर्ने, वडामा नागरिकताविहीन ज्येष्ठ नागरिकहरूको वडाको सिफारिसमा परिचयपत्रको व्यवस्था गरी कोभिडको खोप लगाइ दिनुपर्ने तथा नागरिकताविहीन भन्दैमा सरकारद्वार प्रदान गरिने सेवा सुविधाबाट र स्वास्थ्य अधिकार तथा बाँच्न पाउने अधिकार वञ्चित गर्न नपाइने उल्लेख गरिएको छ ।

अन्य

भिडियो