INSEC Online

📅 २०८३ जेष्ठ २१

वार्षिक समीक्षा बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत मानव अधिकार शिक्षा कार्यक्रमको वार्षिक समीक्षा बैठक असार २१ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले विगत लामो समयदेखि इन्सेकले मानव अधिकारका सवालमा काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई थप जिम्मेवार बनाउनका लागि इन्सेकका जिल्ला सहजकर्ताहरुले मानव अधिकार राष्ट्रिय कार्य योजनामा टेकेर काम गर्न आवश्यक रहेको बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरीले कार्यक्रम प्रतिबेदन, उपलब्धी, सिकाई तथा आर्थिक प्रतिबेदन लेखनमा छलफल गर्नुको साथै सहजीकरण गर्नु भएको थियो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले मानव अधिकार अभिलेखिकरणको महत्व र सफलताका कथा लेखक सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।

दई दिनसम्म सञ्चालन भएको समीक्षा बैठकमा बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका जिल्ला सहजकर्ताहरुले आ—आफ्नो जिल्लामा सम्पन्न गरिएका गतिविधि, प्राप्त उपलब्धीहरु, काम गर्दा आइपरेका समस्या, चुनौती र सिकाईका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

photo20210705kailai 2

photo2010705kailai1

अन्य

भिडियो