INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्वसमीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाजुराको आयोजना नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्वसमीक्षा गोष्ठी मङसिर २५ गते जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ ।

पूर्वसमीक्षा गोष्ठीमा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०२० जनवरीदखि डिसेम्बर १० सम्म सङ्कलन गरेका ४० ओटा घरेलु हिंसा, ६ ओटा बलात्कार, चार ओटा बलात्कारको प्रयास, २१ ओटा लैङिगक हिंसा र आठ ओटा हत्याका घटना गरी ७९ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको पुर्नपुष्टि गर्ने उद्देश्यले जिल्लास्थित सरोकारावालाबीच प्रस्तुत गर्नु भएको थियो ।

पूर्वसमीक्षा गोष्ठीमा बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले  मानव अधिकारको संरक्षण गर्नका लागि स्थानीय तहमा जनचेतना जगाउनु पर्ने बताउँदै यसका लागि जनप्रतिनिधिहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जाल, बाजुराका अध्यक्ष निमेन्द्र शाहीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकलाई तथ्यपरक र विश्वासनिय बनाउन ग्रामिण तहमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई पनि समावेश गर्न सुझाव दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर बलेन्द्र नाथले घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथामिकता दिनु परेको बताउँदै जिल्लामा प्रहरी र इन्सेकको सहकार्यले गाउँबाट बाहिर आउन नसकेका घटनाहरु समेत सतहिकरण हुँन गएकाले  प्रहरीलाई अनुसन्धानमा सहयोग पुगेको बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ, बाजुराका प्रतिनिधि अग्नि शाहीले इन्सेकले आगामी दिनमा आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारसँग सम्बन्धित घटनाहरुलाई समेत वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला तथा दलित अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

photo20201210bajura (1)

photo20201210bajura (2)

photo20201210bajura (3)

अन्य

भिडियो