अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १,कार्यालय विराटनगरमा आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम फागुन १७ गते विराटनगरमा सम्पन्न भएको छ ।
“स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने”इएलपी परियोजना सञ्चालित पाँच जिल्लाका बाल अधिकार चेतना समूहका पदाधिकारीलाई बाल अधिकार सम्बन्धी तालिम प्रदान गरिएको इन्सेक प्रदेश कार्यालयकी कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनुभयो ।
परियोजना अन्तरगत इलाम,झापा,मोरङ,उदयपुर र सुनसरी जिल्लाका कार्यक्रम सञ्चालित सामुदायिक विद्यालयमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहका पदाधिकारीलाई क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको इन्सेक प्रदेश १,संयोजक सोमराज थापाले बताउनुभयो ।
तालिममा बाल अधिकार महासन्धि,शिक्षाको अधिकार,बाल भित्ते पत्रिका प्रकाशन लगायतका विषयमा ज्ञान पाएको तालिममा सहभागी पर्वत नेपालले बताउनुभयो ।
तालिम पश्चात बाल बालिकाले आफ्नो चेतना समूहमार्फत् विद्यालयमा बाल अधिकारका बारेमा अरू साथीहरूलाई जानकारी गराउने इएलपी परियोजनाका झापा सहजकर्ता राजन राईले बताउनुभयो ।
तालिममा बाल अधिकार,यौन दुव्र्यवहार,लागू औषध,बाल भित्ते पत्रिका तयारी तथा प्रकाशनका विषयमा जानकारी दिईएकाले आगामी दिनमा चेतना समूहले तालिममा पाएका ज्ञान र विद्यालयका समस्या भित्ते पत्रिका मार्फत् उजागर गर्ने इलाम सहजकर्ता नारद चापागाँईले बताउनुभयो ।
फागुन १६ र १७ गते सम्म चलेको तालिममा इन्सेक संयोजक सोमराज थापा,कार्यक्रम अधिकृत बाग्मती कट्टेल,सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादव लगायतले सहजीकरण गर्नु भएको थियो ।



