INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न अस्वीकार गरेको अभिभावकको गुनासो

बाँसगढी नगरपालिका –७ स्थित  भृकुटी माविले विद्यार्थी  भर्ना गर्न अस्वीकार गरेको अभिभावकहरूले गुनासो गर्नु भएको छ । इन्सेकको आयोजनामा  बाँसगढी नगरपालिकामा पुस २४ गते आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया  कार्यक्रममा मानवअधिकार समूहकी सदस्य बाँसगढी नपा– ७ की गङ्गा चौधरी उक्त गुनासो गर्नुभएको हो ।

चौधरीले भर्ना अभियान सुरू भएपछि बालबिकास केन्द्रमा पढ्ने उमेर पुगेकका बालबालिकालाई छोरीलाई लिएर भर्ना गर्न जादाँ शिक्षकले बोर्डिङ्ग स्कुलमा पढाउन सक्ने हैसियत भएका व्यक्तिले किन सामुदायिक विद्यालयमा ल्याउनु प¥यो भन्दै भर्ना नगरेको आरोप लगाउनु भयो ।

बाँसगढी नगरपालिकाकी उपमेयर शुष्मा चौधरीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । स्वास्थ्य, कृषि, पशुका क्षेत्रमा पनि  बिशेष रुपमा योजना बनाएर कार्यक्रम अगाडि बढाएको र घर विहीनहरूका लागि  २८ ओटा घर निमार्ण कार्य सुरू भई सकेको बताउनु भयो ।

शिक्षा शाखाका प्रमुख रविलाल मिजारले विद्यार्थीलाई बिशेष रुपमा स्वागत गरी भर्ना गर्न पर्ने अवस्थामा भर्ना गर्न अस्वीकार गरेको घटना शिक्षा निति विपरित भएको भन्दै घटनाबारेमा बुझ्ने बताउनु भयो ।

बाँसगढी नगरपालिका कृषि शाखाका प्रमुख लालबहादुर खड्काले फौजी किरा र हिउँदे बालीमा पुगेको क्षतिपुर्तिकालागि केन्द्र सरकारसँग सिफारिस गर्ने तयारी भइरहेको बताउनु भयो ।

अन्य

भिडियो