शिक्षाको अधिकार प्राप्तिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिच समन्वय हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
इन्सेक कालिकोटको आयोजनामा शुभकालिका गाउँपालिकामा पुस २३ गते आयोजित शिक्षाको अधिकारका लागि शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले शिक्षाका अधिकार प्राप्त गर्न स्थानीय सरकारसँग शिक्षक, अभिभावक र विद्यार्थीहरूले संयुक्त मागदाबी गर्नुपर्ने भनाई राखेका थिए ।
कार्यक्रममा महादेव माध्यमिक विद्यालय, राराकाटिया व्यवस्थापन समितिका अध्यक्ष प्रदिप चौलागाईले विद्यालयमा खानेपानी, शौचालय र फर्निचर सामाग्रीको अभाव रहेको प्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
अभिभावक ददिराम चौलागाईले शिक्षा क्षेत्रको विकासका लागि अभिभावक, विद्यार्थी र शिक्षकहरूले आ–आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
चन्द्रसूर्य माध्यामिक विद्यालय हाउडीमा रहेको बालअधिकार चेतना समुहकी अध्यक्ष अस्मीता शाहीले संविधानले निःशुल्क शिक्षा भनेर मौलिक हकमै व्यवस्था गरेको भए पनि अहिलेसम्म शिक्षा ऐनका बारेमा स्पष्ट नहुँदा समस्या भएको बताउनुभयो । शाहीले विद्यालयमा सेनिटरी प्याडको अभाव हुँदा छात्रालाई नियमित पठनपाठनमा समस्या उत्पन्न हुने गरेको बताउनुभयो ।
त्यस्तै शुभकालिका गाउँपालिका मानवअधिकार समुहका सचिव राधिका शाहीले शिक्षा क्षेत्रमा धेरै समस्या रहेको भनाई राख्दै र पहाडी भेगका अधिकांश विद्यालयमा खानेपानीको समस्या रहेकोले समुहले गाउँपालिकामा मागदाबी बुझाउने क्रममा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, मानव अधिकार समुहका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयको सहभागीता रहेको थियो ।

कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग
बलात्कार घटनाकी पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम