INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षणमा उच्च सतर्कता अपनाउँछौँः प्रजिअ पौडेल

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि मनाङ जिल्लामा आयोजित समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जिल्लामा मानव अधिकार संरक्षणमा उच्च सतर्कता अपनाइएको बताउनुभयो ।
हिमाली जिल्ला मनाङमा जिल्ला प्रशासनमा यो वर्ष अभद्र व्यवहारका कुनै पनि मुद्दा नरहेको पौडेलको भनाइ छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी रमेश भुवाजीले मनाङ मानव अधिकार र सुरक्षाको दृष्टिकोणले उत्कृष्ट जिल्ला भएको बताउनुभयो ।
नेपाल प्रहरीका इन्सपेक्टर श्रवणकुमार बिकका अनुसार जिल्लामा यो वर्ष मानव अधिकार ज्यादतीका आठ ओटा मात्र घटनाहरूमा उजुरी परेको जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा एकाई प्रमुख नारायण रेग्मी, जनस्वास्थ्य इकाई निमित्त प्रमुख बद्रीराज आचार्य, चामे गाउँपालिकाका इन्जिनियर लक्ष्मण गौली लगायतको उपस्थिती थियो ।
इन्सेक लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीले मनाङमा यो वर्ष बलात्कारको एक र घरेलु हिंसा एक गरी दुई ओटा घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

photo20191228lamjung2 (1)

photo20191228lamjung2 (2)

अन्य

भिडियो