समयमा सुलभ तरिकाले मल बिउँ नपाएको किसानहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १२ गते आयोजित । शिक्षा, स्वास्थ्य, तथा खाद्य अधिकार सम्बन्धी कार्यक्रममा उक्त गुनासो गरेका हुन् ।
बैजनाथका गाउँपालिकाका मानव अधिकार समूहका संयोजक हरिबहादुर घर्तीले सरकारले बिउ र मल सहकारीको माध्यामबाट दिने र सहकारीहरूले समयमा कृषकसम्म नपु¥याएका कारण कृषकहरू मर्कामा परेको बताउनु भयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जग्गा नभएको किसानहरूकालागि करार खेतीको अवधारणा ल्याएको बताउदै सिचाई र रसायनिक मलको अभाव हुन नदिने बताउनु भयो । मन्त्री पौडेलले समयमा बिउको विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको र सुचिकृत गरेको बिउ सहकारीको माध्यमबाट ठाउँ ठाउँमा पु¥याउने बताउनुभयो । कृषकहरूलाई सुलभ कर्जाको व्यवस्था, कृषिकर्मी राजगार कार्यक्रम ल्याएर कृषकसँगै अभियानमा लाग्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाउने विषयमा स्वास्थ्य मन्त्रीसँग आग्रह गर्ने बताउनुभयो ।
इन्सेक नेपालगञ्जका संयोजक भोला महतले बाके बर्दियामा उत्पादनमूखि व्यवसाय राम्रो भएको र अन्तर्राष्ट्रिय व्यवसायीह्रूसँग प्रतिसपर्धा गर्न बजारमा भित्रिएका बेतिथिलाई नियमन अनुगमन गर्न सरोकारवालाहरूको ध्यानाकर्षण होस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । सहकारी सञ्जालका संयोजक डोलराज अर्यालले खाद्यमा विषादीको बढी प्रयोगले गर्दा स्वास्थ्यमा नोक्सानी गर्ने भएकोले विषादी प्रयोग नगर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय कृर्षक समूह महासंघ नेपाल प्रदेश ५ का अध्यक्ष सर्वजित बिष्टले किसानहरूलाई बर्गीकरणको आधारमा किसान परिचय पत्र उपलब्ध गराउन माग गर्नुभयो । खजुरा गाउँपालिका –२ सितापुरका कृषक लालबहादुर खत्रीले नेपालमा उत्पादित बस्तुहरूलाई बजारिकिकरण गर्नको लागि भारतीय कुखुरालाई नियन्त्रण गर्न सुरक्षा निकायलाई आग्रह गनुभयो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राम सुरेश यादवले शिक्षक दरबन्दीको विषयमा पहल गर्न आग्रह गर्नुभयो ।
क्वारेन्टाइन कार्यालयका थगनबहादुर कार्कीले विषादी प्ररीक्षण गर्ने ल्याव भएपनि जनशक्ति नभएकोले समस्या भएको बताउनुभयो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले नागरिकहरूले पनि आफ्नो दायित्वलाई सम्झेर अगाडी बढ्नु पर्ने बताउनु भयो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले स्थानीय तहसँग समन्वय गरेर काममा अगाडि बढ्ने बताउदै प्रयोगशालामा दुई जना कर्मचारीहरूले विषादी परीक्षण गरीरहेको बताउनु भयो ।
