INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस ८ गते राजविराजमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

इन्सेक सप्तरीका अनुसार सन् २०१९ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा १ सय ६३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।

इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको १४ पुष्ठको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा सप्तरीमा राज्यबाट एक युवक, अज्ञातबाट एक ज्येष्ठ नागरिक दम्पति, छोराबाट एक ज्येष्ठ नागरिक बुवा, छोराबाट एक ज्येष्ठ नागरिक आमा, बुवाआमाबाट एक बालिका, आमाबाट दुई बालक र एक बालिका, पतिलगायत परिवारका सदस्यहरूबाट ६ महिला, युवाहरूको समूहबाट एक शिक्षक, साथीहरूबाट एक बालक, युवाहरूको समूहले एक युवक, अज्ञातबाट दुई महिला र अज्ञातबाट दुई बालिका गरी २२ जनाको हत्याका घटना भयो ।

गोली प्रहारको २ ओटा घटनामा एक प्रहरी र एक युवक घाइते भए, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गौइतको घरमा बम विष्फोटको एउटा घटना, अपहरणको एक, अपहरण प्रयासको एक, कुटपिटका दुई घटना भए । त्यसैगरी गर्भपतनको एक, बालक कुटपिटको दुई, बालविवाहको एक घटना भए ।

बलात्कारको घटनाबाट यो वर्ष ३२ बालिका पीडित भए भने बालिकामाथिका यौन दुव्र्यवहारका नौ घटनामा नौ जना पीडित भए । बालबालिका अपहरणका ६ घटनामा पाँच बालिका र एक बालक पीडित भए भने ११ जना आरोपित रहे । आरोपितमध्ये ६ जना थुनामा छन्, तीन जना फरार छन्, एक जना धरौटीमा रिहा भए भने एक जना बालसुधार गृहमा छन् । बालबालिका विरूद्धको कसूरको एउटा घटनामा एक जना धरौटीमा र बाल दुरूपयोगको एक घटनामा चार जनाले सफाई पाए ।

महिला बलात्कारका १२ घटनामा आँखा नदेख्ने, बोल्न नसक्ने र राम्रो बोल्न नसक्ने समेत गरी १२ जना पीडित भए । बलात्कार प्रयासका तीन र यौन दुव्र्यवहारका चार घटना अभिलेख भएको छ । कथित बोक्सीको आरोपमा अमानवीय व्यवहारका आठ घटना भए । यो वर्ष बहुविवाहका १३ ओटा घटना सार्वजनिक गरिएको छ ।

सन् २०१९ को अवधिमा इन्सेकले जिल्लामा घटेका ३३ ओटा गम्भिर खालका घरेलु ंिहंसाको घटना अभिलेख गरेको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा आठ घटना अभिलेख गरिएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले घटनाहरूको उल्लेखका साथै इन्सेकले न्यूनिकरणका उपायबारे सुझाव समेत प्रस्तुत गर्नुपर्ने बताउनु भयो । मानवअधिकारको क्षेत्रलाई व्यापक बनाउनु पर्ने भन्दै उहाँले घटना जे हो त्यही ल्याउने काम सबैले गरेमा मात्र न्याय हुने बताउनु भयो ।

तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले वैदेशिक रोजगारले घरबार बिग्रिनुका साथै हिंसा बढेकोले अध्ययन अनुसन्धान गर्न जरूरी रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले सरोकारवालाबीच हुने समीक्षाले अवस्था छर्लङ्ग भई निचोड निकाल्न सहज हुने भन्नु हुँदै कतिपय घटनाको अनुसन्धान चाँडै हुने भएपनि कतिपय घटनाको गहिराइमा पुग्न समय लाग्ने गरेको बताउनु भयो ।

photo20191224saptari (1)

photo20191224saptari (2)

photo20191224saptari (3)

photo20191224saptari (4)

photo20191224saptari (5)

photo20191224saptari (6)

photo20191224saptari (7)

photo20191224saptari (8)

photo20191224saptari (9)

photo20191224saptari (10)

photo20191224saptari (11)

photo20191224saptari (12)

photo20191224saptari (13)

अन्य

भिडियो