INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक अभियान हामी सबैको साझा अभियानः सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा उठाएको मुद्दालाई साझा अभियानका रूपमा सञ्चालन गर्ने सरोकारवालाहरूले बताएका छन् ।

इन्सेकले चौदण्डीगढी नगरपालिकामा सञ्चालन गर्न लागेको “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक कार्यक्रममा मङ्सिर ११ गते बोल्दै जनप्रतिनिधिहरूले इन्सेकको अभियानलाई साझा अभियानका रूपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका हुन् ।

चौदण्डीगढी नगरपालिकाकी उपमेयर रीताकुमारी चौधरीले मानव अधिकासँग जोडिएका आर्थिक, सामाजिक र सांस्कृति अधिकारलाई स्थपित गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले नागरिक तथा राजनीतिक अधिकारको सवाल धेरै उठिसकेकाले अबको सवाल आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएका शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार भएको बताउनुभयो ।

उपमेयर चौधरीले नगरपालिकाका हरेक गतिविधि, विकास निर्माणका कामहरू मानव अधिकारमैत्री बनाउने कुरामा ध्यान दिँदै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा जोड दिने बताउनुभयो ।

सोही अवसरमा कुमार बस्नेतको अध्यक्षतामा मानव अधिकार निगरानी समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा पूर्णदेवी राई, सचिवमा इन्दिरा आचार्य, सहसचिवमा बिष्णा राई र कोषाध्यक्षमा तारा बिक रहनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा डम्बरकुमारी पराजुली, ललिता राई, सरिता राई, मानवहादुर राई, मीनाकुमारी वञ्जरा, नेत्र राई, मन्दिरा राई, मेनुका बिक, नन्दकुमारी राई र रञ्जीता बिक रहनु भएको छ ।

Photo 20191129udayapur

अन्य

भिडियो