इन्सेकले सञ्चालन गरिरहेको पारस्पारिक जाबाफदेहिता परियोजना अन्तर्गत मङ्सिर ६ गते नुवाकोटका नागरिक सङ्घसंस्थाको भूमिका, कार्यसञ्चालनको परिवेश तथा स्थानीय चुनौती र सम्भावना विषयक अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाईले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउनुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मीनकुमार केसीले नागरिक सङ्घसंस्थासम्बन्धी स्थानीय सरकारहरू स्पष्ट नहुँदा समस्या भएको बताउनुभयो ।
उहाँले सङ्घीय सरकार र स्थानीय सरकारबीच नीतिगत स्पष्टताको खाँचो रहेको बताउनुभयो । अध्यक्ष केसीले पहिलेको तुलनामा नागरिक सङ्घसंस्थाहरू पारदर्शी हुँदै आएको, सामाजिक परीक्षण गर्ने गरेको, आफ्ना बजेट तथा कार्यक्रमहरू सार्वजनिक गर्ने गरेको अवस्थामा नागरिक संस्था स्पष्ट हुँदै आएको बताउनुभयो ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष बाबुराम लामिछानेले नागरिक सङ्घसंस्थाहरूले नागरिकको आवश्यकता भन्दा पनि दाताको रूचिअनुसार काम गरेको आरोप लाग्ने गरेकोले यसबाट नागरिक सङ्घसंस्थाहरू माथि उठ्नु पर्ने बताउनुभयो ।