INSEC Online

📅 २०८३ जेष्ठ २१

कम्लहरी बालिकाको उद्धार

बैजनाथ गाउँपालिका-४, बानियाभारमा दुई कम्लहरी बालिकाको उद्धार गरिएको छ । पढ्ने र घरायसी काममा सघाउने शर्तमा राखिएका ११ र १२ वर्षका दुई कम्लहरीको पुस १७ गते उद्धार गरिएको हो ।

जिल्ला बाल कल्याण समितिको नेतृत्वमा केन्द्रीय बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, सिविन, मुक्त कम्लहरी विकास मञ्चलगायत सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीको टोलीले बैजनाथ गाउँपालिका विनिता शाह र मुकुन्द शाहको घरमा कम्लहरी बसेका बालिकालाई उद्धार गरेर पुनर्स्थापना केन्द्रमा राखिएको सिविनका प्रतिनिधि सिद्धराज पनेरुले बताए ।

अन्य

भिडियो