INSEC Online

📅 २०८३ जेष्ठ २१

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा असार ४ गते काठमाडौँ महानगरपालिका–१५ डल्लुमा भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा छलफलका क्रममा भूकम्पपछिको पहिलो किस्ता प्राप्त गर्नेमा ३ सय ३३ जना रहेका, पहिलो किस्ताबाट दोस्रो किस्ता लिनेमा १ सय ३ जना रहेका तर दोस्रो किस्ता लिएर पनि तेस्रो किस्ता लिनेको सङ्ख्या ९० जना रहेका छन् । जुन निकै कम रहेको कार्यक्रममा बताइएको छ ।

वडा कार्यलयले भूकम्पपछिको पुनर्निर्माणका लागि आएको रकम बैङ्कमा रहेको भएपनि अझै पहिलो किस्ता नलिने तीन जना रहेको सामाजिक परिचालिका विमला थापाले बताइन् ।

सामान्य तया भूकम्पपछिको पुनर्निर्माणमा नक्सा पास र रेक्टोफिटिङमा समस्या रहेको वडा १५ का स्थानीय नविन महर्जनले बताए ।

निमबहादुर श्रेष्ठले सरकारले घर बनाउन पैसाको सट्टा नक्सा बनाउन सहयोग गर्नुपर्नेमा जोड दिनु पर्ने बताउँदै सरकारले वितरण गरेको रकम भन्दा बढी रकम भवनको नक्सा बनाउन खर्च लाग्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

भूकम्प जानुभन्दा अगाडि नै कित्ता छुट्याइसकेका घरहरूमा हाल नक्सा पासमा समेत समस्या रहेको भन्दै सम्पूर्ण वडावासीलाई भूकम्प प्राधिकरणले खटाएका इञ्जिनियरहरू सँग परामर्श दिन वडा कार्यलयले आग्रह समेत गरेको छ ।

सरकारी इन्जिनियरले नक्सा बनाउन नमिल्ने र नक्सा निर्माणमा निकै खर्च पर्ने भन्दै स्थानीयले नक्सा पास नै नगरी घर निर्माण गरेकाले पनि तेस्रो किस्ता लिनेको सङ्ख्यामा कमी आएको वडाका सदस्य मैयालक्ष्मी महर्जनले जानकारी दिइन् । महर्जनले भूकम्प पीडितलाई असार मसान्तभित्र लिनु पर्ने सबै किस्ता लिन समेत आग्रह गरिन् ।

Photo2019-6-21 Kathmandu (2)

Photo2019-6-21 Kathmandu (3)

Photo2019-6-21 Kathmandu (4)

Photo2019-6-21 Kathmandu (5)

विमला पौडेल

अन्य

भिडियो