INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिवद्धता पुरा गर्ने वडा अध्यक्ष यादवको भनाई

बटेश्वर गाउँपालिका–५ का वडा अध्यक्ष शिवकरण यादवले मानव अधिकार निगरानी समूहसँग गरेको प्रतिबद्धता पुरा गर्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्र्तगत चैत २० गते बटेश्वर गाउँपालिका–५ शान्तिपुमा आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सम्बन्धमा अन्र्तक्रियामा उनले यस्तो कुरा बताएका हुन् ।

केही दिन पहिले इन्सेककै एक कार्यक्रममा वडा अध्यक्ष यादवले बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरमा रहेको तीन ओटा प्राथमिक विद्यालयलाई मावि बनाउन नसके पनि निमावि बनाउने प्रतिवद्धता गरेका थिए ।

६ हजार जनसङ्ख्या रहेको उक्त वडामा हालसम्म तीन ओटा प्रावि मात्र छन् । तीन वर्ष पहिले त्यहाँको विद्यालय र शिक्षाको अवस्थामा अस्तव्यस्त रहेको थियो ।

इन्सेकले सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा पटक पटक विद्यालयको गुणस्तर सुधार गर्नु पर्ने र प्राविबाट निमावि बनाउनु पर्ने निगरानी समूह र आम जनताको मागलाई वडा अध्यक्ष यादवले शैक्षिक सत्र २०७६/७७ अर्थात ०७६ वैसाखदेखि लागु गराउन लागेको हो ।

वडा अध्यक्षमा निर्वाचित भएपछि इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदास र मानव अधिकार निगरानी समूह शान्तिपुरलाई प्राविबाट निमावि बनाउने आश्वासन दिएका थिए ।

ती आश्वासन यस वर्ष पुरा गर्न लागेको कुरा इन्सेकले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा वडा अध्यक्ष यादवले सहभागीहरूलाई बताए । दुई ओटा प्राविलाई यस पटक निमावि बनाउन लागेका हुन् ।

व्यक्तिगत घटना दर्ताको सवालमा सरकारले कानुन बनाए बमोजिम आफू काम गर्ने र जनतालाई सेवा सुविधा दिने कुरा वडा अध्यक्ष यादवले बताए ।

विवाह दर्ताको लागि जन्म प्रमाणित र २० वर्ष उमेर पुगेकालाई मात्र विवाह दर्ता बनाउन सकिने उनले बताए ।

कार्यक्रममा बटेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य एवम् वडा सदस्य कुसुम सादाले भनिन्–‘दलितहरुको अरु समस्या भन्दा घरबासको लागि जमीनको समस्या रहेको छ । भूमिहीन मुसहरलाई व्यवस्थापन कसरी गर्ने ?’

कुनै जमानामा जमिन्दारको जमीन रहेको सोही जमीनमा मुसहर समुदायको बस्ती छन् । सो बस्तीबाट जमिन्दारले हटाउन लागेको सन्दर्भलाई कार्यक्रममा उपस्थित दलित समुदायका मानिसहरुले जोडदार रुपमा माग उठाएका थिए ।

नेपाल सरकारले प्राविमा अध्ययन गर्ने बालबालिकालाई खाजाको व्यवस्था गरेकोमा गुणस्तरहीन खाजा नहुनु पर्नेमा सबैले जोड दिए । विद्यालयमा खाजाको व्यवस्था गरेकाले विद्यार्थीको चाप बढेको प्रधनाध्यापक धिरेन्द्र लालले बताए ।

शिक्षकहरु समयमा आए पनि विद्यालयमा बसेर समय काट्ने गरेको गुनासो सहभागिहरुले गरेका थिए । स्वास्थ्य अधिकारको सवालमा पनि छुटै स्वाथ्य चौकी भवनको व्यवस्था हुनु पर्ने स्वास्थ्यकर्मीको माग रहेको थियो ।

जनताले पाउनु पर्ने सेवा सुविधा सेवाग्राहीले समयमा लिनुपर्ने इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए । सरोकारवालालाई जनताले समय समयमा खबरदारी गरिरहनु पर्ने संयोजक पासवानले बताए ।

इन्सेकले विगत तीन वर्षदेखि शान्तिपुरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा कार्य गदै आएको छ ।

photo20190404dhanusha (1)

photo20190404dhanusha (2)

विनोदकुमार रविदास

अन्य

भिडियो