INSEC Online

📅 २०८३ जेष्ठ २१

गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा समुदायलाई सचेत पार्दै स्थानीय तहलाई जिम्मेवार र जबाफदेही बनाउन पहल परियोजना अन्तरगत गुणस्तरिय शिक्षाका लागि सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत १९ गते गोदावरी नगरपालिकामा सम्पन्न गरिएको छ ।

कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले गोदावरी नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि योजनाबद्व रूपमा कार्यक्रम अगडी बढाइ रहेकको र सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गराउनका लागि नगर सभामा छलफल चलाउने प्रतिबद्वता जाहेर गरिन् ।

सोही नगरपालिकाका–११ का अध्यक्ष शिवकुमार बिकले शिक्षक भनेका बौद्विक व्यक्तित्व भएका कारण उनीहरूले नै गुणस्तरीय शिक्षाको लागि ध्यान दिनु पर्ने बताउँदै शिक्षकहरूको सरूवा र वढुवा गर्ने जिम्मेवारी स्थानिय तहलाई दिनुपर्ने बताए ।

गोदावरी नगरपालिका–१० का कार्यबाहक अध्यक्ष शेरबहादुर तमाङले सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सुरू गरेपछि विद्यार्थीको आकर्षण बढ्ने भएकाले अङ्ग्रेजी माध्यम अनिवार्य बनाउनु पर्ने धारणा राखेका थिए ।

इन्सेक सुदूरपश्चि प्रदेश कार्यालयका संयोजक खड्कराज जोशीले शिक्षाको गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले विशेष पहल गर्नुपर्ने बताउँदै इन्सेकले आवश्यकता अनुसार नीतिगत सावलमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

photo20190402kailali
मैनामोती चौधरी

अन्य

भिडियो