INSEC Online

📅 २०८३ जेष्ठ २१

गुणस्तरीय शिक्षाका लागि सरेकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल परियोजना अन्तर्गत गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम चैत १४ गते कृष्णपुरमा सम्पन्न भएको छ ।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म विभिन्न संयन्त्र तथा नीति नियमहरू निर्माण गरिएको भएपनि यसको कार्यन्वयन पक्ष प्रभावकारी हुन नसकेको बताउँदै कार्यान्वयनमा विषेश जोड दिनु पर्ने बताए ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयल, धनगढीका संयोजक खड्कराज जोशीले गुणस्तरीय शिक्षाका लागि अभिभावक सचेतना, विद्यालय व्यावस्थापन र अनुशासनमा कडाई गर्नुपर्ने, विद्यार्थीरूले बिचमै विद्यालय छोडने समस्या न्यूनीकरण गर्न सबैले आ–आफ्नो तहबाट लाग्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रमका सहभागी गणेशबहादुर चन्दले राहत शिक्षकको नियुक्ति गर्दा नियमानुसार गरिनु पर्ने र शिक्षक पदको मिलान गर्दा समेत पहुँचको भरमा नगरी पद्धतिका आधारमा गरिनु पर्ने बताए ।

समैजी माध्यमिक विद्यालयका प्रधानाध्यपक लोकबहादुर खडकाले विद्यालयमा विद्यार्थीहरूको चाप अत्याधिक भएको भए पनि विद्यार्थी सङ्ख्याको आधारमा शिक्षक दरवन्दी नभएको बताए ।

मानव अधिकार निगरानी समूहका संयोजक जयलाल सावदले व्यवस्थापनको कमजोरीका कारण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बताउँदै शिक्षामा राजनीतिकरण गर्ने कार्य बन्द गरिनुपर्ने बताए ।

photo20190329kailali
मैनामोती चौधरी

अन्य

भिडियो