मधुवन नपा–१ सुर्यपटुवामा इन्सेकको आयोजनामा भएको माघ १६ गते भएको एक कार्यक्रममा सरोकारवालाहरूले सेवाग्राहीको अर्धचेतना स्तरले उनीहरूको अधिकार उपभोगमा समस्या देखिएको बताएका छन् ।
स्थानीय समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्र्तगत जनप्रतिनिधि र सरोकारवालाबिच भएको अन्तरक्रियामा सो कुरा आएको हो ।
कार्यक्रममा जनताको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार उपभोगमा देखिएका समस्या र समाधानका लागि सरोकारवालाहरूको भूमिका कस्को के हुन सक्छ भन्ने कुरालाई मध्यनजर गरी छलफल भएको थियो ।
इन्सेक नेपालगञ्जकी फोकल पर्सन सरस्वती मल्लले इन्सेकले शिक्षा, स्वाथ्य र खाद्य क्षेत्रमा स्थानीय सेवाग्राहीले पाउने सेवासुविधा बारेमा जानकारी गराउँदै उनीहरूले ती क्षेत्रका सेवासुविधा के कति पाएका छन् ।
उनले सेवा सुविधा नपाएको भए कसरी पाउन सक्छन् भन्ने कुरालाई मध्यजर गरी सेवाग्राही र सेवाप्रदायीकलाई एकै ठाउँ राखि छलफल गराउन अन्तरक्रिया राखिएको बताइन् ।
मधुवन नपा–१ का वडाध्यक्ष पर्शुराम चौधरीले जनताले आफ्नो मानव अधिकारको खोजी गर्नु उचित रहेको तर राज्यले उपलब्ध गराएका सेवा सुविधालाई सहि रूपमा उपभोग गर्दा तत्कालिन रूपमा हुने फाईदा मात्रै हेर्दा उनीहरूलाई समस्या परिरहेको दावी गरे ।
साथै अधिकार प्रत्याभूत गर्न निर्माण भएका भौतिक पुर्वाधार संरक्षण र सम्वद्र्धनमा पनि जनता र अन्य सम्बन्धित सरोकारवालाको नैतिक दायित्व पूरा हुन नसक्दा समस्या देखिएका बताउँदै उनले सबै कुरा समाजमा बस्ने जनताका सचेतनाको स्तर कमजोर भएको उनले बताए । त्यस अवस्थालाई हटाउन आपूmले योजना बनाएर काम गर्न लागेका पनि बताए ।
कार्यक्रममा विद्यालयमा पिउनेपानी समस्या, शौचालयमा पानीको ब्यवस्था हुन नसक्नु, खेलमैदानमा तारबार नहुँदा कक्षा कोठाका झ्याल ढोका फुटाल्ने चोरी हुने गरेको, पशु चौपायाले बोटबिरूवा खाई नष्ट गरिदिने गरेको, कृषिका लागि गुणस्तर मल बीउ नपाउने गरेको, किसानहरूलाई विषाधि छर्ने विषयमा ज्ञान नहुँदा विषाधि छरे लगत्तै टिपेर खाने गरेकोमा स्वास्थ्य समस्या देखिएको कुराहरू आएका थिए ।
मानबहादुर चौधरी